यस कार्यालयको मुख्य कार्यक्षेत्र मधेश प्रदेशमा उत्पादन, संचयन र बिक्रिवितरण हुने खाद्य तथा दाना पदार्थमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी आम उपभोक्ताहरुलाई स्वच्छ, गुणस्तरीय र पोषणयुक्त खाद्य/दाना पदार्थहरुको उपलब्धता सुनिश्चित गर्ने हो। यस अन्तर्गत खाद्य उद्योग, दाना उद्योग, खाद्य बजार, डिपार्टमेन्टल स्टोर, थोक तथा खुद्रा खाद्य गोदाम, होटल रेष्टुरेन्ट, खाजाघर, क्यान्टिन र सडक पेटिका खाना आदिको अनुगमन निरीक्षण गर्ने कार्य पर्दछन् । भौगोलिक रुपमा मधेश प्रदेशका ८ जिल्ला यस कार्यालयको कार्यक्षेत्रमा पर्दछन्।

मुख्य मुख्य क्रियाकलाप

खाद्य स्वच्छता तथा गुणस्तर नियमन

  • वजार, उद्योग, होटल रेष्टुरेण्ट निरीक्षण अनुगमन
  • उद्योग अनुमतिपत्र जारी तथा नवीकरण
  • खाद्य/दाना उद्योग दर्ता सिफारिस
  • फलफूल तरकारीहरुमा जीवनाशक विषादी अवशेषको (RBPR विधिबाट) परीक्षण
  • निर्यातका लागि खाद्य पदार्थको गुणस्तर प्रमाणीकरण
  • उपभोक्ताको गुनासो उजुरी सम्बोधन
  • उपभोक्ता शिक्षा/ सचेतना

खाद्य प्रविधि विकास तथा तालिम

  • खाद्य उद्योगहरूलाई प्राविधिक परामर्श सेवा प्रदान
  • खाद्य प्रशोधन, प्याकेजिङ तथा पोष्टहार्भेष्ट व्यवस्थापनका विभिन्न क्षेत्रमा तालिम सञ्चालन खाद्य स्वच्छता एवं गुणस्तर सम्वन्धि सचेतना तथा क्षमता अभिवृद्धि
  • खाद्य प्रशोधन प्रविधि सम्वन्धी शिप विकास तालिम

खाद्य तथा दाना नमूना विश्लेषण सेवा

  • खाद्य तथा दाना पदार्थको जाँच विश्लेषण सेवा
  • खाद्य पदार्थको निर्यात प्रमाणिकरण