वि.सं.२०७५/०३/३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पुनर्संरचना तथा विस्तार भई कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामको स्थापना भएको हो । यस कार्यालयले मधेश प्रदेश अन्तर्गतका ८ (आठ) जिल्लाहरुमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी कार्य गर्ने गर्दछ l यस कार्यालयले खाद्य/दाना उद्योग, खाद्य/दाना बजार, होटल, होमस्टे, क्यान्टिन, रेष्टुरेन्ट, स्ट्रिट फुड लगायतका खाद्य व्यवसायको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र दाना पदार्थ ऐन २०३३ बमोजिम नियमन सम्बन्धी कार्य गर्ने गर्दछ l यस कार्यालय मातहतका ४ (चार) वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु राजविराज (सप्तरी), जलेश्वर (महोत्तरी), मलंगवा (सर्लाही) र विरगंज (पर्सा) रहेका छन् । यसको तालुक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमान्डौमा रहेको छ l